News

लकडाउन खुकुलो पार्दा विश्वभर एकैदिन संंक्रमित र मृत्यु हुनेको संख्या सबैभन्दा उच्च : डब्ल्युएचओ

एजेन्सी, १० साउन । कोरोना भाइरसको महामारी रोकथामका लागि लगाइएको लकडाउन विश्व भरनै विस्तारै खुकुलो बनाउदै लगेको छ । तर पछिल्लो समय संक्रमण बढ्दै गएको जनाइएको छ।विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणको घटनाले उच्च रेकर्ड भएको बताएको छ । डब्ल्यूएचओका अनुसार कोभिड १९ को संक्रमणका २ लाख ८४ हजार एक सय ९६ नयाँ घटनाहरू शुक्रबार रिपोर्ट गरिएको छ । त्यस्तै ९ हजार ७ सय ५३ व्यक्तिको मृत्यु भएको छ । ३० अप्रिलपछि यो दैनिक मृत्यु हुने सबैभन्दा ठूलो संख्या हो।

त्यस्तै नयाँ घटनाहरूको संख्याले विश्व स्वास्थ्य संगठनको जुलाई रेकर्डलाई तोडेको छ । उक्त तथ्यांक २ लाख ५९ हजार ८ सय ४८ रहेको छ ।

Related Articles

Back to top button
Close