News
कोरोनाका लागि सामान्य अवस्थाको अपेक्षा अर्को बर्ष : डा.एन्थोनी फौची
एजेन्सी, १० साउन । अमेरिकाका प्रमुख तथा वरिष्ठ स्वास्थ्य विशेषज्ञ डा. एन्थोनी फौचीले कोरोनाका लागि सामान्य अवस्थाको अपेक्षा अर्को वर्ष गर्नुपर्ने अभिव्यक्ति राखेका छन्।फौचीले अमेरिकी अखबार वाशिंगटन पोस्टलाई भने, मलाई लाग्छ कि हामीले वास्तवमै अर्को वर्ष २०२१ मा सामान्य हुने स्थितिको बारेमा कुरा गर्नुपर्दछ।
यस वर्षको अन्त्यसम्म अमेरिकामा कोरोना भाइरसको सुरक्षित र प्रभावकारी खोप उपलब्ध हुने बताउदै फौचीले खोप विश्वभरीमा पुग्न अझ धेरै महिना लाग्ने बताएका छन् ।