News

ब्राजिलमा कोरोनाले लियो भयाभह रुप, ज्यान गुमाउनेको संख्या ८६ हजार ४९६

काठमाडौँ । कोरोना भाइरसको संक्रमणले ब्राजिलमा ज्यान गुमाउनेको संख्या ८६ हजार ४९६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार १११ जनाको मृत्यु भएको वल्डोमिर्टसले जनाएको छ । ब्राजिलमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढेसँगै शवहरु बाटोमा नै देखिन थालेका समाचारहरु पनि आइरहेका छन् । मृतकको संख्या बढेसँगै ब्यबस्थापनमा र अस्पताल पुर्याइएका बिरामीहरुलाई बेड नभएका कारण अस्पतालको गेटमा नै राखेर उपचार गर्नुपर्नेसम्मको अवस्था आएको बताइन्छ ।

विश्वमा नै अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म २३ लाख ९६ हजार ४३४ संक्रमण पुष्टि भएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ४८ हजार २३४ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १६ लाख १७ हजार ४८० जनाले कोरोनालाई जितेर घर फर्किएका छन् भने ६ लाख ९२ हजार ४५८ जना अझै उपचाररत छन् । त्यस्तै कोरोना भाइरसको संक्रमणले भारतमा १३ लाख ८५ हजार ४९४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको छ ।

वल्डोमिटर्ससका अनुसार यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो । संक्रमितमध्ये अहिलेसम्म ८ लाख ८६ हजार २३५ संक्रमणमुक्त भएका छन् भने ४ लाख ६७ हजार १६३ जनाको उपचार भइरहेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबिच पछिल्लो २४ घण्टामा भारतमा ४८ हजार ४७२ जना संक्रमित भएका छन् । यसअघि हिजो भारतमा अहिलेसम्मकै सर्वाधिक ४८ हजार ८९२ जना संक्रमित भएका थिए भने शुक्रबार पनि ४८ हजार ४४६ जनामा संक्रमण हुँदा भारतमा महाम ारी झनै बढीरहेका बेला ३२ हजार ९६ ले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ६९० जनाको मृत्यु भएको छ । जसका कारण मोदी सरकारलाई कडा धक्का लागेको छ । भारतले लकडाउन खुकुलु पार्नु र थप सर्तकता नअपनाएका कारण यो अवस्था आएको विपषीको आरोप छ ।

Related Articles

Back to top button
Close