News

कोरोना भाइरसको उत्पत्ति भएको भनिएको चीनको वुहानमा अहिले केरोना संक्रमित भेटिन छाडे, पहिलाकै अवस्थामा फर्किदै वुहान

कोरोना भाइरसको उत्पत्ति भएको भनिएको चीनको वुहानमा अहिले केरोना संक्रमित भेटिन छाडे, पहिलाकै अवस्थामा फर्किदै वुहान
वुहान- सबैभन्दा पहिले नयाँ कोरोनाभाइरस (कोभिड–१९) पत्ता लागेको चिनियाँ शहर वुहानमा विगत २४ घण्टामा पनि कोरोनाभाइरस सङ्क्रमित नभेटिएको प्रान्तीय स्वास्थ्य आयोगले शनिबार जानकारी गराएको छ ।

वुहानमा शुक्रबारसम्म सङ्क्रमितको निकटमा रहेका चार व्यक्तिलाई सङ्क्रमित भएको हुनसक्ने भन्दै स्वास्थ्यकर्मीको निगरानीमा राखिएको छ । हुबेईमा बिहीबारसम्ममा सबै शङ्कास्पद विरामीहरूको परीक्षणपछि उनीहरूलाई घर पठाइएको थियो । यद्यपि शुक्रबार भेटिएका विरामी विदेशबाट आएका र उनीहरूमा कोभिड–१९ सङ्क्रमण भएको हुनसक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

त्यस्तै चिनियाँ मुख्यभूमिमा शुक्रबार पाँच व्यक्ति सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित सबैजना विदेशबाट चीन आएका अधिकारीहरूले बताएका छन् । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले शनिबार दिएको जानकारी अनुसार अहिलेसम्म विदेशबाट चीन भित्रिएका दुई हजार ३४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ ।थप सङ्क्रमितमध्ये दुई जना साङ्घाई नगरपालिकाका रहेका छन् भने दुई जना क्वाङडोङ प्रान्तमा विदेशबाट आएका व्यक्ति हुन् भने एक व्यत्ति, भित्री मङ्गोलिया स्वायत्त क्षेत्रका भएको आयोगले बताएको छ ।

चीनमा पहिलो र पछिल्लो क्लस्टरमा गरी कूल ८३ हजार ७८४ जनामा सङ्क्रमण पुष्टि भएकोमा चार हजार ६३४ जनाको मृत्यु भएको छ । चीनमा सङ्क्रमितमध्ये ७८ हजार ८८९ व्यक्ति निको भई घर फर्किएका छन् भने अझै २६१ जनाको विभिन्न शहरहरूमा रहेका कोभिड–१९ विशेष अस्पतालमा उपचार भइरहेको छ । विरामीमध्ये छ जनामा जटिल स्वास्थ्य समस्या देखिएको छ । (रासस÷सिन्ह्वा)

Related Articles

Back to top button
Close