News

पाल्पा पहिरो अपडेट : ज्यान गुमाउनेको संख्या तीन पुग्यो

पाल्पा- पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरा सम्मोबारीमा गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।

लगातारको वर्षापछि सोमबार अपराह्न गएको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । तानसेन–रिडी खण्ड अन्तर्गत बन्दीपोखरा सम्मोबारीमा गएको पहिरोमा चार वटा सवारी साधन बगाएको छ ।

पहिरोले पुरिएको अवस्थामा दुई जनाको शव फेला परेको थियो भने एक जनाको एक जनाको उद्धार गरी मिसन अस्पताल लगिएकोमा उपचारका क्रममा उनको निधन भएको प्रहरीले जनाएको छ ।

पहिरोमा पुरिएका तीन जनाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन गिरीले पुष्टि गरे ।

उनका अनुसार मृत्यु भएकाहरुको पहिचान खुलेको छैन । शवलाई पाल्पा अस्पतालमा ल्याइउको छ । प्रहरीका अनुसार मिसन अस्पतालमा निधन भएकाको पनि शव पाल्पा अस्पताल ल्याइएको छ ।

लगातारको वर्षाले सोमबार बिहानैदेखि अवरुद्ध सडक खुलाउने तयारी भइरहेको थियो । डोजरले पहिरो पन्छाई रहँदा पश्चिमतर्फ जाने पर्खाइमा रहेका सवारी साधनलाई पहिरोले बगाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पहिरोमा रोकि राखेको ट्रक, ठूलो पानी ट्याङकर, एक बोलेरो , एक कार पुरिएका छन् ।

Related Articles

Back to top button
Close