News

वैज्ञानिकहरुले कोरोना भाइरस कान मार्फत पनि सर्ने दिए चेतावनी, अब झनै सचेत रहनुपर्ने

एजेन्सी । नाक, आँखा, र मुखबाट सर्ने कोरोना भाइरस कानबाट पनि सर्ने नयाँ तथ्य फेला परेको छ । ं अमेरिकाका अनूशन्धानकर्ताहरुले हालै गरेको अध्ययनका अनुसार अब भने कोरोना कानबाट पनि सर्ने तथ्य फेला पारेका हुन् ।

बैज्ञानिकहरुले गरेको अनूशन्धानमा कोरोना भाइरसले मानिसको कान र मेस्टोयड हड्डीलाई पनि संक्रमण गराउन सक्ने तथ्य फेला पारेको बीबीसीले जनाएको छ । अनुसन्धानकर्ताले कोरोनाबाट ज्यान गुमाएका ३ मृत शरीबाट अनूशन्धान गरेको बताइएको छ ।

सो क्रममा तीनै मृतकहरुको दुवै कान र पछाडिका भागमा पनि कोरोना संक्रमण पाइएको रहस्य बाहिर ल्याइएको छ । अमेरिकाका रिसर्चर जोन ह्ययापकिन्स स्कूल अफ मेडिसिन्सका शोधकर्ताहरुले कोरोनाको लक्षण देखिएका मानिसको कानको परीक्षण पनि गर्नुपर्ने जोड दिएका छन् ।

एक युवती, र दुई बृद्धको शव लाई परीक्षण गर्दै यस्तो निश्कर्षमा पुगेका हुन् । कोरोना भाइरस संक्रमणबाट विश्वभर ज्यान गुमाउनको संख्या ह्वात्तै बढेका बेला सबैभन्दा बढी संक्रमित अमेरिकामा नै फेला परेका छन् । दोस्रो ब्राजिलमा र तेस्रोमा भारतमा महामारी नै चुलीएको छ ।

Related Articles

Back to top button
Close