News

महोत्तरीमा आइसोलेसनमा बस्नु पर्ने कोरोना संक्रमित क्रिकेट प्रतियोगितामा गएपछि…

(सम्सी) महोत्तरी, ९ असार । महोत्तरीको सम्सी गाउँपालिकामा २ सय ७३ कोरोना संक्रमित पुगिसकेका छन्। कोरोना संक्रमण नियन्त्रणका लागि सिल गरिएको त्यही सम्सी गाउँमा सोमबार पुग्दा अचम्मको दृश्य देखियो। बिहान ११ बजेको थियो। सम्सी गाउँपालिका ६ स्थित अजिजिया एकेडेमीमा बनाइएको क्वारेन्टाइन भद्रगोल देखिन्थ्यो। बाहिरको बरन्डादेखि भित्रको ठूलो कोठामा त्रिपाल ओछ्याइएको थियो। कोही सुतेका थिए। कोही बरन्डामा बसेर सडकतिर नजर डुलाउँदै थिए। क्वारेन्टाइनमा न स्वास्थ्यकर्मी थिए, न त प्रहरी नै।

‘यहाँ कति जना बस्नुहुन्छ ?’ क्वारेन्टाइनमा बसेका एक जनालाई मैले सोधें।

‘४५ जना बस्छौं’, उनले भने।

तर, त्यहाँ ५ जना मात्रै थिए। ‘अरू ४० जना खोइ त ? ’ मैले जिज्ञासा राखें।

‘कोठामा बस्दा–बस्दा बोर भो। सबै जना क्रिकेट हेर्न गएका छन्’, उनले भने।

कोरोना संक्रमितहरु आइसोलेसनमा बस्नु पर्ने हो। क्रिकेट प्रतियोगिता हेर्न ! अचम्म लाग्यो। मन झस्कियो। तिनै व्यक्तिलाई मैले सोधें, ‘क्रिकेट टुर्नामेन्ट कहाँ भइरहेको छ ?’ यसको विस्तृत खबर स्टोरी आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

उनले मलाई क्वारेन्टाइनको गेटबाट बाहिर लगे। खेततिर देखाउँदै भने, ‘ऊ पश्चिमतिर हेर्नुस्। धेरै भिड छ नि। हो त्यहीं छन् क्वारेन्टानमा बसेका हाम्रा साथीभाइहरु। क्रि

Related Articles

Back to top button
Close