International

कोरोना सुरु भएको चीनको उहानमा विश्वमै कहिल्यै नभएको पहिलो घटना भयो

एजेन्सी । चीनको उहान क्षेत्रमा अहिले सम्म विश्वमै नभएको पहिलो घटना भएको छ उहानवाट सुरु भएको कोरोना भाइरसले अहिले विश्वभर आ तं क मच्चाइरहेको छ । विश्वका सबै मुलुकमा पुगेको कोरोनावाट निधन हुनेको संख्या दिनहुँ बढ्दै छ । तर कोरोना भाइरसको उत्पत्तिस्थल चीनको उहानमा पहिलोपटक एक जनामा पनि नयाँ सं क्र म ण नभएको पाइएको छ। यो विश्वमा कहिल्यै नभएको पहिलो घटना हो ।

चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार उहानमा बुधबार कोरोना भाइरसका एक जना पनि विरामी अस्पताल आएनन् । कोरोनाका उपचारका लागि भनेर १० दिनमा निर्माण गरिएको कोरोना अस्पतालमा एक जना पनि विरामी नआएका हुन् । चीनले वुहानमा अन्तिम कोरोनाका रोगीलाई उपचार गरेर घर पठाएको छ । चिकित्सकहरु पनि उहान क्षेत्रवाट फर्कीसकेका छन् ।

यो सं क्र म ण फैलिएयता त्यो पनि सुरुवात भएको ठाउँमै सं क्र म ण वृद्धि शून्यमा झरेको यो पहिलो घटना हो। चीनको उहानवाट सुरु भएको कोरोनाका कारण ज्यान गुमाउने पनि उहानकै बढी छन् ।

चीनको उहानले बुधबार कोरोना भाइरसबाट कोही पनि नयाँ विरामी नभएको जानकारी गराएको सिन्ह्वाले जनाएको छ। चीनले यसलाई कोरोना म हा मा री वि रु द्धको जारी यु द्धमा अहिलेसम्मकै ठूलो सफलता ठानेको छ।

गत डिसेम्बर अन्तिम साता चीनको हुबेई प्रान्तको उहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। सोही कोरोना अहिले युरोपका मुलुकमा तिब्र गतिमा बढेको छ । युरोपका मुलुकमा दिनहुँ सयौंको संख्यामा कोरोनाका कारण ज्यान गएको छ ।

तर बुधबार पहिलोपटक उहानमा नयाँ सं क्र म ण नपाइएको स्थानीय अधिकारीले बताएका छन्। उहानमा बुधबार कोरोना भाइरसका कारण थप ८ जनाको निधन भएको त्यहाँको स्वास्थ्य आयोगले जनाएको छ। निधन हुनेमा पुराना विरामी हुन् । आयोगका अनुसार पुराना बिरामी भए पनि बुधबार नयाँ भने कोही नदेखिएको हो।

Related Articles

Back to top button
Close