News

तीन दिनदेखि बेपत्ता भएका बालकको शव यस्तो अवस्थामा भेटियो

अर्घाखाँची – पाणिनि गाउँपालिकामा तीन दिनदेखि खोलाले बगाएर बेपत्ता भएका बालकको शव भेटिएको छ । पाणिनि–४ पटौटीका सन्तबहादुर नेपालीका १३ वर्षीय छोरा पूजनको शव स्थानीय दुर्गाखोलामा भेटिएको जिल्ला प्रहरी कार्यलयले बताएको छ । सुस्त मनस्थितिकी माहिली आमासँग घर नजीकैको बारीमा जांँदै गर्दा जुकेखोला तर्न नसक्दा उनलाई खोलाले बगाएको थियो ।

यसैबीच शुक्रबार राति नरपानीमा गएको पहिरो खस्नेक्रम नरोकिएपछि पाँच दिनदेखि गोरुसिङ्गे– सन्धिखर्क सडक अझै खुल्न सकेको छैन । पाँच दिनदेखि लगातार परेको वर्षाका कारण नरपानी र खाँचीखोलाबीचमा पहिरो गएको हो ।
पहिरो पन्छाउन दुई डोजरले लगातार काम गरे पनि खस्नेक्रम नरोकिँदा खुलाउन नसकिएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिनुभयो ।

सडक बन्द हुँदा बिरामी बोकेका एम्बुलेस र अन्य सवारी साधन आवतजावत गर्न नपाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले बताउनुभयो । यस्तै शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण जिल्लामा अधिकांश ग्रामीण सडक पनि अवरुद्ध भएका छन् ।

त्यस्तै सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ । जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् ।

केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिनुभयो । डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको उहाँले बताउनुभयो । राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

Related Articles

Back to top button
Close