News

भारतीय एसएसबीको जत्था नेपाली भूमिमा , बारम्बार नचिढ्याउन सीमावासी नेपालीको चेतावनी

कञ्चनपुर, १८ साउन । भारतीय एसएसबीका डेपुटी कमाण्डर आर।के रमनको नेतृत्वमा एसएसबीको जत्था पटक ÷ पटक नेपाली भुमिमा प्रवेश गरि अनावश्यक दबाब दिन थालेको छ । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका ८ पचुईमा बिगत एक बर्षदेखि अवरोध गर्दै आएको भारतले फेरि अवरोध सिर्जना गर्न खोजिरहेको छ ।
कहिले फिल्मी शैलीमा फौजफक्कड सहित एसएसबीका जत्था त कहिले डेपुटी कमाण्डर, कहिले प्रशासनिक निकायका अधिकारी ल्याएर स्ट्रिप नक्साका आधारमा उक्त क्षेत्र आफ्नो दावी गर्दै सडक निर्माण कार्य समेत अघि नबढाउँन दवाव दिदै आएकोछ ।निर्माण कम्पनीले कालोपत्रेका लागि बेस गर्दादेखि नै भारतीय पक्ष अवरोध गर्दै जाने, नेपाली पक्ष बनाउँदै जाने, कालोपत्रेको तयारीकै बेला भारतीय पक्षले अवरोध गर्न कुचेष्टा देखाइ रहेको छ । ०७६ देखि भारतीय एसएसबीले सडक निर्माण गरिरहेको कम्पनी बाबाहंस सिद्धिकीका सञ्चालकलाई उक्त सडकखण्ड निर्माण नगर्न दवाव दिदै आएको थियोे । ०७६ सालमा एक पटक अवरोध गरेको भारतले ०७७ मा आईपुग्दा चाररपाँच पटक अवरोध गरिसकेको छ ।असार तेस्रो साता फिल्मशैलीमा सुरक्षाकर्मी सहित जायजत्था ल्याएर आएको भारतीय एसएसबीले साउन तेस्रो सातासम्म पाचौं पटक सडक निर्माण स्थलमा पुगेर अनावश्यक दबाब बढाउने काम गरिरहेको छ । आइतबार पनि भारतीय सीमा सुरक्षा बलका डेपुटी कमाण्डर आर।के रमन नेतृत्वमा आएको एसएसबीको टोलीले माथिको आदेश भन्दै निर्माण गर्न नगर्न दवाव दिएर फर्किएकोे स्थानीय विवेक लम्सालले बताए ।भारतीय पक्षले ३८ नम्बर रिफ्रेन्स पिलरलाई सीमा पिलर र स्ट्रीप नक्सालाई आधार मानेर आफ्नो भूमि भएको अनावश्यक अर्काको भूमिमा दावी गर्दै आएको स्थानीय एवम् सिमाका पहरेदार हरि चन्द ठकुरीले बताए । स्थानीयले कोडिभ १९को मौका छोपेर भारतीय पक्षले अनावश्यक बखेडा झिकिरहेको बताएका छन् ।

अन्र्तराष्ट्रिय सीमा सरोकार समुहका संयोजक पल्लवराज भट्टले ०५८ देखि ०६३ सम्म भारतसंग जोडिएको कैलाली कञ्चनपुरमा गरिएको संयुक्त सीमा सर्वे टोलीले बदमासी गर्दा भारतीय पक्षले बखेडा झिक्दै आएको बताए । ‘उतिबेला नेपालमाद्वन्द्व चलेको थियो, संयुक्त टोलीपनि उतै भारततिर बसे, जे जे भन्यो, नेपाली पक्षले त्यही गरे, आज आएर भारतीय पक्षले नेपाली लालपुर्जावाला जमिनमा समेत बखेडा झिक्दैछन, सयोजक भट्टले स्ट्रीप नक्सामाथि छानबिन हुनुपर्ने बताउँदै भने ।
अक्षांश र देशान्तर हेरेर जीपीएसबाट नाप्दा नेपाली भूमि भारतमा देखिन लागेको बताउदै उनले ३८ नम्बर रिफ्रेन्स पिलरलाई सीमा पिलर मानेर भारतीय पक्षले अवरोध गर्दै आएको बताए । ‘स्ट्रीप नक्सामा त्रृटि छ वा छैन, एक पटक नेपाल सरकारले विज्ञ सहितको टोली लगाएर अध्ययन गर्नुपर्छ, ‘उनले भने, ‘त्रृटि भएका क्षेत्रमा सच्याउनु पर्छ । उनले भने “ स्ट्रीप नक्सा नेपालले स्वीकार नगरेको अवस्थामा सो नक्सा पुनरावलोकन गर्नुको विकल्प नभएको बताए । ‘कैलाली कञ्चनपुरमा देखिएको सबै सीमाको विवाद स्ट्रीप नक्सा हो, ‘उनले भने, ‘यसमा सरकारले समयमै ध्यान दिनुपर्छ ।’ कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि प्रशाद खतिवडाले संयुक्त सीमा सर्वेटोलीले सो क्षेत्रको विवाद हल गर्नुपर्ने बताए ।

भारतीय पक्षले पछि हट्दा विवाद समाधान हुने प्रजिअ खतिवडाको भनाइ छ । नेपाली पक्षले भने भारतीय दादागिरी शैलीको अहङकारका कारण छिमेकीको सडक निर्माणमा अवरोध गर्दैै आएको बताएका छन् ।
भारतीय एसएसबीलाई अनावश्यक अवरोध नगर्न बिशेष सुुुुझाव दिइएको सीमा सुरक्षा बल आउटपोष्ट बेलौरीका सशस्त्र प्रहरी नायव उपरीक्षक गंगा दत्त पन्तले बताए । यस्तै बेलौरीका स्थानीयले भारतीय एसएसबीलाई नेपाली भुमिमा नजर नगाड्न र बारम्बार नचिढ्याउन चेतावनी समेत दिएका छन् ।

Related Articles

Back to top button
Close