News

सामाजिक कर्म गर्दै आएको अञ्जु पन्त फाउन्डेसनलाई अप्ठ्यारो पार्ने काम कसले गर्यो ?

काठमाडौं । भ्रामक समाचार प्रकाशित भएपछि अञ्जु पन्त फाउन्डेसनले त्यस्ता समाचारहरु प्रति आपत्ति प्रकट गर्दै ध्यानाकर्षण भएको जनाएको छ ।

अञ्जु पन्त फाउन्डेसनले लामो समयदेखि विरुद्ध भावनाले सामाजिक काम गरिरहेको र हाल विश्व महामारी ‘कोभिड–१९’को असरका कारण उद्देश्य अनुरुप काम गर्न नसकिएको जानकागरी गराउँदै त्यस्ता समाचारहरु सामाजिक संजाल तथा अनलाइनमा प्रकाशित भएपछि त्यसबाट आफ्ना दर्शक, श्रोता र शुभचिन्तकमा पर्न गएको भ्रमप्रति कुनै शंका– उपशंका नगर्न पनि विज्ञप्तीमा आग्रह गरीएको छ ।

संस्थाद्धारा जारी गरिएको विज्ञप्तिमा पर्सा जिल्लाको पटेर्वाका पैँतिस घर निर्माणको परियोजना अन्तर्गत निरन्तर सहयोग जुटाउने र कार्य अघि बढाउँदै आएको र यस परियोजनाका लागि हालसम्मका लागि प्राप्त भएको रकम र दाताहरूको नाम रेकर्ड सुरक्षित राखिएको जनाइएको छ ।

अञ्जु पन्त फाउन्डेसनद्धारा जारी गरिएको विज्ञप्ति पढ्नुहोस् जस्ताको त्यस्तै

Related Articles

Back to top button
Close