News

कोरोना संकट : सर्वसाधारणको हेलचेक्र्याई पनि खतराको सूचक बन्दै (भिडियो)

काठमाडौं, १८ साउन । कोरोना संक्रमण रोकथाममा सरकार चुकेको आलोचना हुँदैआएको छ । सीमाक्षेत्रहरुमा कडाईं गर्न नसक्नु, औषधि खरिदमा अनियमितता हुनु, क्वारेन्टाइनहरुको अवस्था यस्ता थुप्रै कारणले सरकारलाई आलोचित बनाएको छ ।

तर, के आम नागरिक आफैं सचेत छन् त ? प्रश्न स्वभाविक हो । सरकारले बनाएका मापदण्ड नागरिकतहबाट पालना नै हुन सकेको छैन । संक्रमण रोकथामको उपाय अपनाउन सर्वसाधारणले पनि हेलचेक्र्याइ गरेका छन ।

लकडाउन खुकुलो भए पछि संक्रमणको जोखिम झन बढेकाले थप सर्तकता अपनाउनु पर्ने विज्ञहरु बताउँछन । सरकारले कोरोना संक्रमण बाट जोगिन घरबाहिर अनिवार्य मास्कको प्रयोग गर्न, अनावश्यक भीडभाड नगर्न, सामाजिक दूरी कायम गर्न लगायतका उपायहरु पालना गर्न भनेको छ । तर सर्वसाधारणले यसको पालना नगरेको प्रष्ट देखिन्छ ।

काठमाडौं उपत्यका प्रवेश गर्ने नाकामा पनि सरकार चुक्दै आएको छ । उपत्यका प्रवेश गर्नेको पीसीआर परीक्षण गर्दा केहिले आफ्नो सम्पर्क नम्बर नै गलत टिपाउने गरेका छन् ।

गलत नम्बर टिपाउनेलाई संक्रमण भइहाले ‘ट्राभल हिस्ट्रि’ पत्ता लाग्दैन् । जसका कारण जोखिम अझ बढ्छ सक्ने सम्भावना प्रबल देखिएको छ ।

Related Articles

Back to top button
Close