Entertainment

नेपाल आइडलको शिर्ष ५ बाट बाहिरिए एक नसोंचेको प्रतिस्पर्धी

काठमाडौ। अन्तरास्ट्रिय फ्रेन्चाईज शोले नेपालमा पछिल्लो समय निक्कै ठूलो स्थान पाउदै गएको छ । जस्ले गर्दा नेपाली रियालिटी शो पनि अब क्वालिटिको हुनु पर्छ भन्ने चेतना भए संगै केही शोहरु एचडी क्वालिटिमा स्तरिय रुपले प्रसारण भैसकेको छ । यता ३ वर्ष अघिदेखि नेपाल भित्रिएको “नेपाल आईडल” को यतिवेला तेस्रो सिजनको अडिसनहरु टेलिभिजनमा प्रसारण भैरहेको छ ।

यो सिजनमा पनि निर्णायकमा न्ह्यु वज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी नै छन् । यो सिजनमा रिमा विश्वकर्मा भने हुने छैनन् । उनले यसअघिका दुई सिजनमा होस्ट गरेकी थिइन् । उनी ‘कमेडियन च्याम्पियन’ सो–तर्फ लागेपछि उनको ठाउँमा माम्तीले प्रवेश गरेकी छिन्।

कार्यक्रम राति ८ः३० बजे प्रशारण भैरहेको छ । यसअघि ‘नेपाल आइडल’ सिजन–१ मा बुद्ध लामा र दोस्रो सिजनमा रवी ओड विजयी बनेका थिए। आज प्रसारण गरिएको २७ औं भागबाट दर्शकको भोटको आधारमा नेपाल आइडल सिजन ३ को शिर्ष ५ बाट मेघा श्रेष्ठ बाहिरिएकी छिन।

प्रतिस्पर्धीहरु लाई भोट गर्ने भोटिंग कोड यस प्रकार रहेको छ:

Kevin Glan Tamang Voting Code NI02 Neshan Pun Magar Voting Code NI08 Prabin Bedwal Voting Code NI09
Sajja Chaulagain Voting Code NI11

हेरौं ‘नेपाल आइडल’ सिजन-३ को २७औं भाग :

Related Articles

Back to top button
Close