News

फेरि थपिए २५ जना कोरोना संक्रमित, कर्णालीमा कोरोना संक्रमितको संख्या १३ सय ०४

०९ असार, काठमाडौंः मंगलबार कर्णाली प्रदेशमा थप २५ जना कोरोना संक्रमित थपिएका छन् । कणार्ली प्रदेशको सामाजिक विकास मन्त्रालयले थप संक्रमितको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका अनुसार थपिएका संक्रमितहरुमा दैलेखका १९ जना रहेका छन् । त्यस्तै, सुर्खेतका ५ जना र कालिकोटका एक जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । सुर्खेतमा रहेको प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परिक्षणका आधारमा थप संक्रमितको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

योसँगै कर्णालीमा हालसम्म १३ सय ०४ जनालाई कोरोना भाईरसको संक्रमण भएको पुष्टि भईसकेको छ । त्यस्तै, कर्णाली प्रदेशमा कोरोना भाईरसका कारण ५ जनाको मृत्यु भईसकेको छ भने कुल ५ सय ६० जना डिस्चार्ज भएका छन्।

Related Articles

Back to top button
Close