InternationalNews

अमेरिकाको ह्वाइट हाउसमा पनि कोरोना प्रवेश

एजेन्सी । अमेरिकाको ह्वाइट हाउसमा पनि कोरोना प्रवेश गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका थप दुई कर्मचारीहरुमा कोरोना संक्रमित भएको छ। यस अघि ६ जना कर्मचारी संक्रमित भइसकेका थिए । थपिएका २ संगै ह्वाइट हाउसका ८ कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

शनिबार ओक्लाहोमामा आयोजना गरिएको टुल्सा जुलुसमा सहभागी भएका कर्मचारीहरुमा कोरोना संक्रमित भएको हो। यसअघि सोही जुलुसमा सहभागी भएका ६ जनालाई संक्रमित भइसकेको छ। यसैसँग जुलुसमा सहभागी हुने ट्रम्पका ८ जना कर्मचारीलाई कोरोना संक्रमित भएको छ।

यद्यपि जुलुसमा सहभागी भएका कर्मचारी सदस्यहरूले मास्क लगाएका थिए। मार्च पछि ट्रम्पको यो पहिलो जुलुस हो। अमेरिकामा राष्ट्रपतिको निर्वाचन नजिक आउँदै छ । नोभेम्बरमा हुने निर्वाचनका लागि राष्ट्रपति ट्रम्प अहिले देखि जुटिसकेका छन् । चुनाव सम्बन्धी कार्यक्रममा सहभागी भएका कर्मचारीमा कोरोना पुष्टि भएको हो ।

Related Articles

Back to top button
Close