News

सुशान्तको फोटो सार्वजनिक गरेको भन्दै फोटोग्राफरसँग आक्रोशित दीपिका

बलिउड नायिका दीपिका पादुकोणले नायक सुशान्त सिंह राजपुतको निधनपछि डिप्रेशनको बारेमा आफ्नो अनुभव शेयर गरिन् ।

उनै, दीपिका फेरि एक पटक फोटोग्राफरसँग आक्रोशित भएकी छिन् । सुशान्तको निधनपछि सामाजिक संजालमा उनको तस्वीर भाइरल भएको थियो ।

एक जना फोटोग्राफरले सुशान्तको पार्थिव शरीर रमशान घाटमा लैजादै गरेको भिडियो शेयर गर्दै लेखेका थिए–‘कृपया ध्यान दिनुहोस् । मेरो फोटो र भिडियो मेरो लिखित मञ्जुरीविना कुनै पनि प्लेटफर्ममा पोष्ट नगर्नुहोला ।’

दीपिकाले फोटोग्राफरको यो भनाइमा लेखेकी छिन्–‘ठिक छ । तर, तपाइले भिडियो बनाए पोष्ट मात्र गर्नुहुदैन, यसलाई मोनेटाइज पनि गर्नुभएको होला । तर, तपाइले के यसमा उनको परिवारसँग अनुमती लिनु भयो त ?’

दीपिकाको यो भनाइलाई उनका फ्यानले समर्थन गरेका छन् ।

Related Articles

Back to top button
Close