News

नवलपरासीका एक यूवकमा कोरोनाको आशंका: तिन दिन देखि रिफरको रिफर कोरोनाको परिक्षणनै भएन

बिहीबार नवलपरासी,पशिचम नवलपरासीमा एक यूवकमा कोरोनाको आशंका गरिएको छ । ३ दिन अघि रामग्राम नगरपालिका वडा नम्बर १६ हकुईका २५ बर्षिया ति यूवालाई स्वासप्रश्वासमा समस्या देखिएको र उच्च ज्वरो आएको भन्दै परासी स्थीत पृथ्वी चन्द्र अस्पतालमा ल्याईएको थियो । रातको करिव ९ बजे तिरको समयमा अस्पतालमा ल्याउदा उनमा रुवा, खोकी र ज्वरो आएको र स्वास प्रस्वासमा समेत समस्या देखिएको अवस्थामा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नुरुल होदाले बताए ।

विरामीलाई अक्सिजन दिएर राख्दा तत्कालका लागि केहि सुधार भएपछि करिव १ धण्टा अक्सीजन दिएर वार्डमै राखिएको उनले बताए । एक घण्टा पछि अक्सीजनले पनि कुनै प्रभाव नपरेपछि स्वास प्रश्वासमा झनै समस्या देखिएकोले छातीको एमसरे गरिएकोमा निमोनियाको जस्तो विशेषता देखिएपछि विरामीलाई वुटवल पठाएको उनको भनाई छ । वुटवलमा उपचार नभएपछि विरामीका आफन्तले भैरहवा लगेको जानकारी आफुले पाएको होदाको भनाई छ ।विरामीलाई चितवनको पुरानो मेडिकल कलेजमा रिफर गरिएको थियो ।

चितवन मेडिकल कलेजले पनि कोरोनाको आशंका भन्दै काठमाण्डौको एक अस्पतालमा लगिएकोमा अस्पतालले विरामीलाई भर्ना गर्न नमानेपछि पुन फर्काएर रुपन्देहीको मणिग्राममा रहेको क्रिमसन अस्पतालमा लगिएको थियो । क्रिमसनले पनि भर्ना दिन नमानेपछि विहबिार फेरी परासी स्थीत पृथ्वी चन्द्र अस्पतालमा ल्याईएको थियो ।उनलाई जुनसुकै अस्पताल लगिएपनि उनको कोरोना संक्रमणको परिक्षणका लागि घांटीको स्वावपरिक्षण गर्ने काम भएको छैन। विरामीलार्ई अस्पतालले भर्ना गर्न नमानेपछी उनका आफन्तजनहरुले आक्रोश ब्यक्त गरेका छन् ।

अहिले सम्मको परिक्षणको आधारमा निमोनियानै भन्ने रिपोर्टले देखाएकोले कोरानानै हो भनेर पुष्टी गर्न नसकीएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट होदाले बताए । उनले विरामीलाई आईसियुमा राख्ने ब्यबस्था मिलाएर लुम्विनी प्रादेशिक अस्पताल बुटवल पठाईएको उनले बताए ।परासी स्थीत पृथ्वीचन्द्र अस्पतालमा कोरोना आशंकाका विरामी राख्नका लागि ४ बटा आईसोलेटेड वार्ड तयार भए पनि अहिले सम्म त्यसमा स्वास्थ्य कर्मीको सुरक्षाका लागि आवश्यक एप्रोन गगल मास्क प्रदेश सरकार मार्फत खरिद प्रकृयामा रहेकोले त्यो नआउँदा सम्म कोरोना संक्रणको आशंका गरिएका विरामीहरुको उपचार गर्न सक्ने अवस्था नरहेको होदाले बताए ।

Related Articles

Back to top button
Close