News

एकै दिनमा थपिए ५ सय ३८ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या १० कट्यो

०९ असार, काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालका विभिन्न ठाउँमा ५ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणका आधारमा थप ५ सय ३८ जनामा कोरोना भाईरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुको जानकारी दिएका हुन् । थपिएका संक्रमितमध्ये जना पुरुष छन् भने जना महिला रहेका छन् । मन्त्रालयका अनुसार थपिएका संक्रमितसँगै नेपालमा कुल संक्रमितको १० हजारभन्दा बढि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कुल मृत्यु हुनेको २४ संख्या पुगेको छ । त्यस्तै, हालसम्म २ हजार २ सय २४ जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप ७६ जना संक्रमण मुक्त भएका हुन ।

Related Articles

Back to top button
Close