News

कतारमा १ सय ७४ नेपालीलाई उद्दार गरिदैं

०९ असार, काठमाडौंः कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीमा कतार गएका नेपाली आउने शुक्रबार उद्दार गरिने भएको छ । कोरोना भाइरसका कारण विभिन्न समस्या परेका १ सय ७४ नेपालीहरुलाई आगामी २७ जुनमा आगामीमा उद्दार गर्न लागिएको हो ।

आगामी शरिबार हुने नेपाल एयरलाइन्सको दोस्रो उडानमार्फत कतारमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउन लागेको कतारस्थित नेपाली दुतावासले जनाएको छ । अघिल्लो पटक दुतावासको सुचिमा परेर पनि नेपाल फर्किन नपाएका नेपालीहरुले पनि यस पटक नेपाल आउन पाउने दुतावासले जानकारी दिएको छ । दुतावासका अनुसार यसरी आउनका लागि उनीहरुले सम्बन्धित ट्राभल एजेन्सीलाई सम्पर्क गरेर आवश्यक कामकारबाही पुरा गर्नुपर्ने छ ।

यस अघि नेपाल एयरलाईन्सले गरेको उडानमार्फत दुई पटक कतारमा अलपत्र परेका १ सय ९२ नेपाली स्वदेश फर्किसकेका छन् ।

Related Articles

Back to top button
Close