News
जापानले बनायो कोरोना परिक्षणको नयाँ विधि, २५ मिनेटमै नतिजा आउने
०९ असार, काठमाडौंः विश्वमा भाईरसको परिक्षणलाई लिएर विभिन्न खोज भईरहेको बेला जापानले भने नयाँ किसिमले कोरोना भाइरसको परिक्षण गर्ने विधिको सुरुवात गरेको छ । बीबीसीमा प्रकाशित समाचार अनुसार जापानमा मानिसको र्याल (सलाईभा) मार्फत कोरोना संक्रमण भए नभएको थाहा पाउने बिधिको विकास जापानले गरेको छ ।
समाचारमा उल्लेख गरेअनुसार यस विधिबाट परिक्षण गर्दा २५ मिनेटमा नतिजा आउँछ । जापानी विश्वविद्यालयको साथ मिलेर काम गरिरहेको एक फर्मले निर्माण गरेको यो परिक्षण विधिबाट स्वयंम मानिस आफैंले पनि घरैमा बसेर कोरोना भाईरस भएनभएको परिक्षण गर्न सक्छन ।
अहिले विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण मानिसमा भए नभएको परिक्षण गर्न आवश्यक पर्ने स्वाब नाकबाट लिइन्छ । यो किसिमले परिक्षणका लागि स्वाब निकाल्दा निकै अफ्ठ्यारो र स्वाब दिने मानिसलाई पनि निकै असजिलो हुन्छ ।