News

एकै दिन ७६ जनाले कोरोनालाई जितेर घर फर्किए

काठमाडौँ, ९ असार- मन्त्रालयका प्रवक्ता डा गौतमले विभिन्न अस्पतालबाट ७६ जनालाई घर पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार आठ महिला र ६८ पुरुष आज डिस्चार्ज भएका हुन् । आज डिस्चार्ज हुनेसँगै डिस्चार्जको सङ्ख्या दुई हजार १२४ जना रहेका छन् । तीमध्ये दुई हजार ३५ पुरुष र १८९ जना महिला रहेका छन् ।

उहाँका अनुसार डिस्चार्ज हुनेमा गोठगाउँ आइसोलेशन झापा एक पुरुष, कोशी अस्पतालबाट झापाका एक महिला र तीन पुरुष, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट झापाका एक पुरुष, उदयपुरका एक महिला र तीन पुरुष, मोरङका १४ पुरुष रहेका छन् ।

यस्तै रामेछाप अस्पताल रामेछापबाट १३ पुरुष, साइकृष्ण आइसोलेशनबाट सप्तरीका दुई महिला र तीन पुरुष, गण्डकी अस्पतालबाट पर्साका दुई महिला र नौ पुरुष, कोभिड–१९ अस्पताल बलम्बुबाट नवलपरासीका एक महिला पनि डिस्चार्ज भई घर फर्किएका छन् ।

यसैगरी बेनी अस्पताल म्याग्दीका दुई पुरुष र धौलागिरि अस्पतालबाट वागलुङका तीन पुरुष, स्याङ्जा अस्पतालबाट तीन पुरुष, गोरखा अस्पतालबाट सात पुरुष, जीपी कोइराला शुक्लागण्डकीबाट दुई पुरुष पनि डिस्चार्ज भई घर फर्किएका छन् ।

यसैगरी ह्याम्स अस्पताल काठमाडौँबाट कास्कीका एक पुरुष, कालिका अस्पताल भिरकोटबाट स्याङ्जाका एक पुरुष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट लमजुङका एक पुरुष, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट स्याङ्जाका एक महिला र कास्कीका तीन पुरुष पनि डिस्चार्ज भएका छन् ।

यसैगरी अहिलेम्म एक लाख ८६ हजार ३६६ जनाको पीसीआर र दुई लाख ७१ हजार ५८४ जनाको आरडीटी परीक्षण गरिएको छ । विगत २४ घण्टामा चार हजार ९९५ पीसीआर र तीन हजार ४८१ आरडीटी गरिएको छ । अहिलेसम्म ८५ हजार ८१३ जना क्वारेन्टिन र सात हजार ८५१ जना आइसोलेशनमा रहेका छन् ।

Related Articles

Back to top button
Close